काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले तोकेको जरिवाना सहितको पत्र बुझ्न मानेका छैनन् ।
शुक्रबार तीन कुनेमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा फोहोर गरेको भन्दै विभिन्न शिर्षकमा काठमाडौँ महानगरपालिकाले शनिबार पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तिराउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम महानगरपालिकाले आज जरिवाना पत्र र बिलसहित महानगर प्रहरीलाई निर्मल निवास निर्मल निवास पठाएको थियो।
जरिवाना पत्र र बिल लिएर निर्मल निवास पुगेको महानगर प्रहरीलाई गेटबाटै फर्काइएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार जरिवानाको पत्र असम्बन्धित भएकाले स्वीकार नहुने भन्दै फर्काइएको थियो।
यता महानगरपालिकाले भने अब उक्तपत्र हुलाक मार्फत पठाउने तयारी गरेको बुझिएको छ। महानगरले आजै हुलाक मार्फत उक्त जरिवाना पत्र निर्बल निवास पठाउनेछ।
