मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

काठमाडौँ महानगरपालिका

गुरागाईलाई रोक्ने नगर प्रहरीलाई कार्यपालिका बैठकबाट कारबाही गर्ने वडा अध्यक्षको धम्की

गुरागाईलाई रोक्ने नगर प्रहरीलाई कार्यपालिका बैठकबाट कारबाही गर्ने वडा अध्यक्षको धम्की

“जसले जसले प्रमुख प्रशासकीय अधिकृतलाई छेक्छ नि त्यो नगर प्रहरीलाई कार्यपालिकाबाट निर्णय गराएर कारबाही गर्नुपर्छ है ।”

बिहीबार , चैत २० २०८१
बिहीबार , चैत २० २०८१
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारी र वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालयमा हाजिर गराउन तयारी गरेपछि विवाद उत्पन्न भएको छ।

    प्रमुख प्रशासकीय अधिकृत गुरागाई लाई कार्यालयमा हाजिर गराउने तयारी गरेपश्चात काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उनलाई रोक्न नगर प्रहरी परिचालन गरेका छन्। 

    कमलादी स्थित काठमाडौँ महानगरपालिकाको कार्यालयमा एकातिर कर्मचारीहरू सबै वडाबाट जम्मा भएर प्रशासकीय अधिकृतको स्वागतका लागि जम्मा भएका छन् भने अर्कोतिर उनलाई रोक्न मेयर बालिनले नगर प्रहरी तैनात गरेका हुन् ।

    महानगरका कर्मचारी र नगर प्रहरीबीच नै विवादको रूप लिएको छ। पाँच महिनादेखि तलब नपाएको भन्दै महानगरपालिका कर्मचारीहरुले नै प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गराउने तयारी गरेका हुन्।

    वडा अध्यक्षहरूले भने प्रमुख प्रशासकीय अधिकृतलाई रोक्ने नगर प्रहरीलाई कारबाही गर्ने धम्की दिएका छन्। धम्की दिने वडा अध्यक्षहरूमध्ये वडा नम्बर २२ का वडा अध्यक्ष चिनकाजी महर्जन र  वडा नम्बर ८ का वडा अध्यक्ष असमान संगत लगायतका छन् 

    त्यहाँ उपस्थित भएका वडा अध्यक्षहरु महर्जन र संगतले भने, “जसले जसले प्रमुख प्रशासकीय अधिकृतलाई छेक्छ नि त्यो नगर प्रहरीलाई कार्यपालिकाबाट निर्णय गराएर कारबाही गर्नुपर्छ है ।”

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईले काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले उनलाई अघोषित निलम्बन गरेका थिए। उनलाई कार्यालय प्रवेशमा समेत रोक लगाइएको थियो।

    मेयर शाहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउने तयारी गरेका थिए। यता संघ सरकारले भने प्रशासकीय अधिक गुरागाई माथि लागेको आरोप पुष्टि नभएको भन्दै उनलाई हटाउन तयार नभएपछि विवाद उत्पन्न भएको हो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार