मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सर्वोच्च अदालत

कुलमानको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, हितेन्द्रदेवले काम जारी राख्ने 

कुलमानको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, हितेन्द्रदेवले काम जारी राख्ने 

अघिल्लो साता सरकारले विभिन्न आरोप लगाउँदै घिसिङलाई पदमुक्त गराएर शाक्यलाई नियुक्त गरेको थियो । 

बिहीबार , चैत २० २०८१
बिहीबार , चैत २० २०८१
  • काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश  दिन अस्वीकार गरेको छ । 

    न्यायाधीशहरू डा. कुमार चुँडाल र नित्यनन्द पाण्डेको इजलासले कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रसन्न मुद्दाको अन्तिम किनारा लगाउँदा टुङ्गिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर इजलासले मुद्दालाई प्राथमिकता दिने भन्दै आग्राधिकारको दिएको छ । 

    सर्वोच्च अदालतको बिहिवारको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तर काम गर्न पाउनेछन् । लगातार तीन दिनको सुनाईपछि सर्वोच्च अदालतले कुलमान र हितेन्द्रको रिट निवेदनमाथि प्रारम्भिक आदेश गरेको हो । 

    सर्वोच्चको आदेशसँगै पदमुक्त भएका पाँच महिनाको कार्यकाल बाँकी रहेको कार्यकारणी घिसिङको रिट निवेदनमाथि अब पूर्णसुवाई हुनेछ । अघिल्लो साता सरकारले विभिन्न आरोप लगाउँदै घिसिङलाई पदमुक्त गराएर शाक्यलाई नियुक्त गरेको थियो । 

    Hitendra-Kulman-Aadesh-1.jpg
    Hitendra-Kulman-Aadesh-2.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार