मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सहकारी ठगी प्रकरण

अदालतको आदेशको सम्मान गर्दै म आफै अहिले नै गिरफ्तारी दिदैछु : रवि लामिछाने 

अदालतको आदेशको सम्मान गर्दै म आफै अहिले नै गिरफ्तारी दिदैछु : रवि लामिछाने 

उनले न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउने भन्दै आफूमाथि माथि  ठुलो अन्याय भएको बताएका छन् । 

शुक्रबार, चैत २१ २०८१
शुक्रबार, चैत २१ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजै आफै प्रहरी समक्ष उपस्थित हुने भएका छन् । 

    सहकारीको रकम हिनामिना प्रकरणमा उच्च अदालत तुलसीपुरले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि लामिछानेले सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै  गिरफ्तारी दिने जानकारी दिएका हुन् । 

    अदालतको आदेशपछि सामाजिक सञ्जालमार्फत लामिछानेले यस्तो जानकारी दिएका हुन् । उनले न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउने भन्दै आफूमाथि माथि  ठुलो अन्याय भएको बताएका छन् । 

    उनले लेखेका छन्, “सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै  गिरफ्तारी दिदैछु।  साथै  न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि   ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।”

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार