काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ।
संगठित रूपमा सहकारीको रकम ठगी गरेको आरोप लागेका लामिछानेलाई आज इजालसले थुनामा पठाउन आदेश दिएसँगै उनलाई पक्राउ गर्न प्रहरी उनको घर पुगेको हो।
बुढानीलकण्ठस्थित लामिछानेको निवासमा हाल उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ ।
लामिछानेले पनि सामाजिक सञ्जाल मार्फत आफूमाथि अन्याय भएको तर सम्मानित अदालतको आदेशको सम्मान गर्दै अहिले गिरफ्तारी दिन लागेको जानकारी दिएका छन्।
