काठमाडौँ। क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले टी– २० आईमा विश्व कीर्तिमान कायम गरेका छन्।
ऐरीले बिहीबार कुबेत विरुद्ध खेल्दै धेरै इनिङ सुन्नेमा आउट नहुने कीर्तिमान बनाएका हुन् । उनी लगातार ६६ टी– २० आईमा डगआउट भएका छैनन्।
वेस्ट इन्डिजका मार्लम नथानिएल स्यामुएल्स लगातार ६५ खेलमा डग आउट भएका छैनन्।
कुबेतविरुद्ध आजको खेलमा दिपेन्द्रले १२ बलमा ३१ रनको विस्फोटक पारी खेलेपछि नेपालले जित हासिल गरेको थियो।
