काठमाडौं । चैत्र १५ गते राजावादीहरुले तीन कुनेमा गरेको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।
गत चैत १५ गतेको राजसंस्थावादीहरूको आन्दोलनपछि उनी वेपत्ता भएका थिए। तर उनले पटक–पटक आफ्नो ज्यानमाथि खतरा रहेको भन्दै भिडियो सन्देशहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
