मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

शिक्षा

शिक्षकहरुका जायज मागहरुप्रति हाम्रो समर्थन छ : महासचिव आजाद

शिक्षकहरुका जायज मागहरुप्रति हाम्रो समर्थन छ : महासचिव आजाद

नेपालको शिक्षा दलाल र माफियाको कब्जामा रहेको महासचिव आजादको भनाई

आइतबार, वैशाख ७ २०८२
आइतबार, वैशाख ७ २०८२
  • काठमाडौं। अखिल (क्रान्तिकारी) का महासचिव उषाकिरण आजादले नेपालको शिक्षा प्रणाली दलाल र माफियाको कब्जामा परेको गम्भीर आरोप लगाएका छन्।

    शुक्रबार काठमाडौंको संवाद डबलीमा अखिल (क्रान्तिकारी) द्वारा आगामी शैक्षिक संघर्षका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “आजको शिक्षामा नीति होइन, नाफा हाबी भएको छ। निजी विद्यालयका मालिकहरू शिक्षा क्षेत्रका माफिया बनेका छन्। उनीहरू दलाल संसदीय व्यवस्थाको संरक्षणमा छन्।”

    महासचिव आजादले शिक्षकहरूको आन्दोलनमासमेत ऐक्यबद्धता रहेको बताउँदै शिक्षामा निजिकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “शिक्षामा निजिकरण र व्यापारीकरणको अन्त्य सहितको ऐन जारी गर्न माग गर्दै भने, ‘संविधान बनेको ८ वर्षपछि शिक्षा ऐन किन जारी भएन? कस्को कारणले भएन? यसको दोषी नेपालका विद्यार्थीहरू हुन्?’ यसले माफियाको प्रभावमा राज्य चलिरहेको कुरो प्रष्ट छ।”

    उनले शिक्षकहरूको आन्दोलनलाई आफ्नो संगठनको साथ र समर्थन रहेको बताए। “शिक्षकहरूको जायज मागहरूलाई हाम्रो समर्थन छ, तर शिक्षकहरूले आफ्ना सन्तानलाई बोर्डिङ स्कूलमा नपढाएर सरकारी विद्यालयमा पढाउनु पर्छ,” उनले थपे।

    महासचिव आजादले आगामी संघर्षमा शिक्षा प्रणालीलाई दलाल र माफियाबाट मुक्त गर्ने उद्देश्य राखेको र यसका लागि जनपक्षीय आन्दोलनलाई बलियो बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार