बुटवल । भारत प्रशासित जम्मु कश्मीरस्थित पहलगाममामा बन्दुकधारीहरूले पर्यटकहरूमाथि अन्दाधुन्ध गोलि चलाउँदा ज्यान गुमाएका बुटवल–११ मनकामना पथ निवासी सुदिप न्यौपानेको परिवारलाई भेटेर नेकपा (बहुमत)ले समवेदना व्यक्त गरेको छ।
न्यौपाने निवास पुगेको नेकपा (बहुमत)ले एक मिनेट मौनधारण गरि दिवंगत सुदिप न्यौपाने प्रती भावपुर्ण श्रद्धाञ्जली समेत अर्पण गरेको थियो । गत मंगलबार भारत प्रशासित जम्मू–काश्मीरस्थित पहलगाम क्षेत्रमा बन्दुकधारीहरूले गोलि चलाउँदा एक नेपाली सहित २६ जनाको ज्यान गएको थियो । जसमा नेपालका बुटवल–११ निवासी २७ वर्षीय सन्दिप न्यौपानेको समेत मृत्यु भएको थियो । सन्दिप न्यौपाने केही समयअघि आफ्ना आफन्ति सँग घुम्नको लागि भारत गएका थिए। उनी घुमघामकै क्रममा सो स्थानमा पुग्दा अप्रत्याशित रूपमा भएको आक्रमणमा परी ज्यान गुमाएका हुन् । उनको हत्याको खबरले बुटवल शोकको डुबेको छ।

शनिबार नेकपा (बहुमत)का स्थायी समिति सदस्य सहितको टोलि सुदिपको परिवारलाई समवेदना प्रकट गर्न उनको निवास पुगेका हो ।
नेकपा (बहुमत)को उक्त टोलिमा पार्टिका स्थायी समिती सदस्य जित , पोलिटव्युरो सदस्य राकेश, केन्द्रीय सदस्यहरु विनोद, रेखा, नरेन्द्र, झलक रुपन्देही जिल्ला सेक्रेटरी बिरु , युवा संगठनका ब्युरो इन्चार्ज भुवन, अखिल (क्रान्तिकारी) का सन्देश सापकोटा, पारस राहदी मगर, नरेन्द्र विश्व लगायतका नेता कार्यकर्ता न्यौपाने निवास पुगेका थिए ।
नेकपा (बहुमत)ले सुदिप न्यौपानेको हत्याले सिंगो मुलकलाइ शोकमा पारेको र शोकको यो दु:खद घडिमा पार्टी न्यौपाने परिवारको साथमा रहेको बताएको छ । सुदिप न्यौपाने लगायत अन्य २६ जना पर्यटनको हत्या गर्ने हत्यारालाइ कडा भन्दा कडा कार्वाही गर्न उक्त पार्टिले नेपाल सरकार , भारत सरकार र अन्तरास्ट्रिय समुदायलाइ समेत गम्भीर ध्यानाकर्षण गराएको छ ।
शोक पुस्तिकामा पार्टिको धारणा लेख्दै स्थायी समिती सदस्य जितले उक्त घटनाको कडा शब्दमा निन्दा तथा भत्सर्ना गरेका छन । न्यौपाने निवासमा नेकपा (बहुमत)ले गरेको श्रद्धाञ्जली अर्पण तथा मौनधारण कार्यक्रमको सहजीकरण उक्त पार्टिका केन्द्रिय सदस्य बिनोद मरासिनी र रेखा खनालले गरेका थिए ।
