मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

शिक्षक आन्दोलन

सरकार र शिक्षकबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

सरकार र शिक्षकबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

१५ असारभित्र विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति

बुधबार, वैशाख १७ २०८२
बुधबार, वैशाख १७ २०८२
  • काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । 

    सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

    आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि भोलिबाट विद्यार्थी भर्ना सुरु हुने मन्त्री पन्तले जानकारी दिए ।

    करिब एक महिनादेखि अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने भएको छ । शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको उनले बताए ।

    सरकार र आन्दोलनरत शिक्षकहरूबीच १५ असारभित्र विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति जुटेको छ ।

    गत २० चैतदेखि चलिरहेको शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सरकार र सत्तासिन राजनीतिक दलहरूले आगामी १५ असारभित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार