मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मधेश प्रदेश

मधेश प्रदेशकी मन्त्री बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी 

मधेश प्रदेशकी मन्त्री बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी 

नेकपा (एकीकृत समाजवादी) बाट बिना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् ।

बिहीबार , वैशाख १३ २०८१
बिहीबार , वैशाख १३ २०८१
  • काठमाडौं । मधेश प्रदेशकी बिना विभागीय मन्त्री बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । 

    नेकपा (एकीकृत समाजवादी) बाट बिना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् । मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा गत बैशाख ६ गते प्रदेश प्रमुखले उनलाई बिना विभागीय मन्त्रीको शपथ गराएका थिए । 

    मन्त्री लुंगेलीले आजै श्रम तथा यातायात मन्त्रीको शपथ लिएकी छन् । यस्तै माओवादी केन्द्रबाट बिना विभागीय मन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले अर्थमन्त्रालयको जिम्मेवारी लिने अडान गरेका छन् । 

    मुख्यमन्त्री यादवले चौथों पटक विश्वासको मत लिँदा आफुलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने वचन दिएकाले सो पूरा गर्नुपर्ने मन्त्री साहको भनाई छ । तर, यता मुख्यमन्त्री यादवले भने साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन चाहेको छन् । 

    मन्त्री साहले भने, “मुख्यमन्त्रीसँग छलफल भैरहेको छ । छिट्टै मन्त्रालयबारे टुंगो लाग्छ ।”

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार