मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

त्रि.वि. का भिसीलाई अनेरास्ववियू (क्रान्तिकारी) ले बुझायो ८ बुदे मागपत्र

त्रि.वि. का भिसीलाई अनेरास्ववियू (क्रान्तिकारी) ले बुझायो ८ बुदे मागपत्र

माग पूरा नगरिए आन्दोलनमा जान बाध्य हुने चेतावनी

आइतबार, वैशाख २१ २०८२
आइतबार, वैशाख २१ २०८२
  • काठमाडौं । नेकपा ( बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति खड्क के.सी.लाई शुक्रबार एक ज्ञापनपत्र बुझाएको छ ।

    क्रान्तिकारीका केन्द्रीय सचिव हरि विष्टको नेतृत्वमा , लक्ष्मी शाहको संयोजकत्वमा गएको क्रान्तिकारी त्रिभुवन विश्वविद्यालय विशेष समितिले त्रि.वि. मा ८ वुदे ज्ञापनपत्र बुझाएको थियो ।

    क्रान्तिकारीले त्रि.वि. मा विदेशी दातृ निकायको इच्छा, सर्त र स्वार्थ अनुरुप लागू गरिएको चार वर्षे स्नातक तह नेपालका लागि व्यवहारिक र वैज्ञानिक नभएको हुदा आवश्यक छलफल गरि तीन वर्षे स्नातक तह लागू गर्नुपर्ने , आङ्गिक क्याम्पसहरूमा सञ्चालित निजि कार्यक्रमहरु (Self Sustain Programme) लाई विश्वविद्यालय तथा नेपाल सरकारले व्ययभार बहन गर्ने गरि सञ्चालन संचालन गर्नुपर्ने माग राखेको छ ।

    क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको जमीन हिनामिना बारे गठित छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गरि हडपिएको जमीन फिर्ता ल्याउनुका साथै देशभरका आङ्गीक क्याम्पसहरूको दुरूपयोग भईरहेको सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने माग पनि गरेको छ ।

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिव एवम् त्रि.वि. विशेष प्रदेश इन्चार्ज हरि विष्ट, त्रिभुवन विश्वविद्यालय संयोजक लक्ष्मी शाह , त्रि.वि विशेष समिती संयोजक बिरेन्द्र नेपाली , क्याम्पस जिल्लाका अध्यक्ष दिनेश लगायत सहभागी रहेका थिए ।

    आफ्ना मागहरूलाई बेवास्ता गरिए संगठन सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि अनेरास्ववियू (क्रान्तिकारी) ले दिएको छ । आन्दोलन भएको खण्डमा आन्दोलनबाट उत्पन्न  हुने परिस्थितिको सम्पुर्ण जिम्मेवार विश्वविद्यालय प्रशासन हुने पनि क्रान्तिकारीले बुझाएको  मागपत्रमा उल्लेख गरिएको छ ।

    ज्ञापनपत्र 

    IMG-20250502-WA0006.jpg

    IMG-20250502-WA0007.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार