भारत प्रशासित जम्मुकस्मिरमा पाकिस्तानि गोलाबारीमा एक भारतिय अधिकारी मारिएका छन् । पाकिस्तानी गोलाबारीमा ती अधिकारीको मृत्यु भएको जम्मु कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्हाले बताएका छन ।
निधन हुने व्यक्ती अतिरिक्त जिल्ला विकाश आयुक्त राजकुमार थापा रहेका छन् ।
मुख्यमन्त्री अब्दुल्लाहले आफ्नो एक्स एकाउन्टमा रजौरीबाट दु:खद समचार प्राप्त भएको र त्यसमाआफुहरूले एक अधिकृतलाई गुमाएको लेखेका छन् ।
अब्दुल्लाहले लेखेका छन: " राजौरीबाट दुःखद समाचार प्राप्त भएको छ। जम्मु–कश्मीर प्रशासन सेवाका एक समर्पित अधिकृतलाई हामीले गुमाएका छौं। हिजोमात्र उहाँ उप–मुख्यमन्त्रीसँग जिल्ला भ्रमणमा हुनुहुन्थ्यो र मैले अध्यक्षता गरेको अनलाइन बैठकमा पनि सहभागी हुनुहुन्थ्यो। आज भने राजौरी नगरलाई लक्षित गर्दै गरिएको पाकिस्तानी गोलाबारीमा उहाँको निवास प्रभावित भयो र हामीले आफ्ना अतिरिक्त जिल्ला विकास आयुक्त श्री राजकुमार थापालाई गुमाएका छौं। यो भयावह क्षतिमा म आफ्नो स्तब्धता र दुःख व्यक्त गर्न शब्द भेट्न सक्दिन। उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु।"
