मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

युद्धविराम

भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा

भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा

मे १२ (आइतबार) मा १२ बजे फेरि वार्ता गर्ने

शनिबार, वैशाख २७ २०८२
शनिबार, वैशाख २७ २०८२
  • काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । 

    भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा सहमति भएको बताएका थिए । 

    सत्य सामाजिक साइटमा एक पोस्टमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले “पूर्ण र तत्काल युद्धविराम” मा सहमत भएको जानकारी दिएका थिए । 

    ट्रम्पको जानकारी पश्चिात् पाकिस्तानी विदेशमन्त्री इशाक डारले एक ट्वीट गर्दै युद्धविराम भएको घोषणा गरेका छन् । "पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयास गरेको छ," डारले  सामाजिक सन्जाल एक्समा उल्लेख गरेका छन् ।

    भारत विदेशसचिव विक्रम मिश्रीले दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भर्खरै भने,"पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक आज  दिउँसो १५:३५ बजे भारतीय समकक्षीलाई फोन गरे। त्यसक्रममा बिच सहमति भएको छ कि दुवै पक्षले भारतीय समयअनुसार साॅझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलाबारी र सैन्य कारबाही बन्द गर्नेछन्।' यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ। सैन्य अपरेसन महानिर्देशकहरूले मे १२ (आइतबार) मा १२ बजे फेरि वार्ता गर्नेछन्।"

    भारत र पाकिस्तानले शनिबार राति एकअर्कालाई आक्रमणको आरोप लगाएपछि आश्चर्यजनक युद्धविराम घोषणा भएको हो।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार