स्याङ्जा । तालिम संगै उधम/व्यवसाय दर्ता तथा उत्पादनमा वस्तुगत टेवा सहयोग मार्फत अपांगता भएका व्याक्ति तथा अभिभावकहरुलाई आय आर्जनमा जोड्न अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र – नेपाल, पुतलीबजार नगरपालिका– १,स्याङ्जाले अभियान सञ्चालन गरेको छ।
स्वयं अपाङ्गता भएका व्याक्ति तथा अभिभावकहरुको सकृयतामा स्थापना भई विगत २ वर्ष देखि क्रियाशिल यस संस्थाले सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश पोखरा को सहयोगमा अपाङ्गता भएका व्याक्ति तथा अभिभावकहरुको आर्थिक सशक्तीकरण कार्यक्रम अन्तर्गत वटारेको धुप सम्बन्धी सीपमूलक तालिम तथा कानुनी अभिमुखीकरण सहित ६ दिने कार्यक्रम आज सम्पन्न गरेको छ।
तालिमका लागि तालिम गर्ने प्रचलनलाई तोड्दै तालिम लिएका व्याक्तिहरुलाई उधमरव्यवसाय दर्ता सहित वस्तुगत टेवा/विउपुजी तत्काल सहयोग गरिने कार्यक्रम रहेको केन्द्र का अध्यक्ष युवराज पराजुलीले जानकारी दिए ।
६ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम को समापन तथा प्रमाण पत्र वितरण समारोहमा पुतलीबजार नगरपालिका स्याङ्जाका प्रमुख तुलसीराम रेग्मीले संस्थाले स्थानीय तह, सरोकारवाला निकाय र प्रदेश सरकारका विभिन्न निकायहरुसंगको सहकार्य प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा प्रशंन्नता व्यक्त गर्दै तालिम को सदुपयोग, उत्पादन तथा विक्रि वितरण मार्फत सफल उधमी वन्न आग्रह गरे । त्यस कार्यमा संस्था मार्फत् सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सो कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जा का प्रमुख जीवन पौडेलले संस्थाले अपागताका अतिरिक्त जेष्ठ नागरिक, महिला लगायतका बहुआयामिक क्षेत्रमा काम गरिरहेको र कार्यालयको तर्फबाट सहकार्य निरन्तर रहने बताए ।
त्यस्तै पुतलीबजार नगरपालिका– १ का वडा सदस्य विष्णु कुमार श्रेष्ठ, ३ का वडा सदस्य सविता नेपाल, स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोखरेल , प्रमुख प्रशिक्षक गीता पौडेल, सहभागी भविलाल वि. क. लगायतले तालिम पश्चात उत्पादन एवम् आय आर्जन वृद्धि गरी सम्मानजनक जीवनयापन गर्न यो कार्यक्रम ले महत्त्वपूर्ण टेवा पुर्याउने बताए ।
स्याङ्जा जिल्लाका ६ पालिकाका २२ जना सहभागी उक्त तालिममा कानुनी अभिमुखिकरण पर्यटन तथा उधोग कार्यालय स्याङ्जाका प्रमुख नारायण प्रसाद ढकाल, कम्प्युटर अपरेटर कृष्ण लम्साल र वटारेको धुप सम्वन्धि गीता पौडेल, ज्ञानु कुमारी थापाले प्रशिक्षण दिएका थिए ।
अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र – नेपाल का अध्यक्ष युवराज पराजुली को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव नारायण रेग्मीले गरेका थिए ।

