मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

इरान–इजरायल युद्ध

इरानले सुरु गर्यो अमेरिकाविरुद्द जवाफी कारबाही : एकै पटक हान्यो कतार, कुबेत, बहराइन र इराकस्थित आधार शिविरहरूमा क्षेप्यास्त्र 

इरानले सुरु गर्यो अमेरिकाविरुद्द जवाफी कारबाही : एकै पटक हान्यो कतार, कुबेत, बहराइन र इराकस्थित आधार शिविरहरूमा क्षेप्यास्त्र 

इरानले कतारमा ६ वटा क्षेप्यास्त्र  प्रहार गरेको

सोमबार, असार ९ २०८२
सोमबार, असार ९ २०८२
  • काठमाडौं । कतारसँगै इराकमा रहेका अमेरिकी आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेर अमेरिकाविरुद्द इरानले  जवाफि कारबाही सुरु गरेको छ ।

    इरान र इजरायबीच जारी युद्दका बीच अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा बमबारी गरेपछि इरानले त्यसको जवाफमा  कतार, कुबेत, बहराइन र इराकमा रहेका अमेरिकी आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको हो ।

    इरानले कतारमा ६ वटा क्षेप्यास्त्र  प्रहार गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

    केही समयअघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भनेर क्याप्सन देखाइएको भनिएको छ ।

    त्यस्तै इरानले उता इराक, कुबेत र बहराइनस्थित अमेरिकी आधार शिविरमा पनि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    इरानले यस अघि पश्चिम एसियाभरिका अमेरिकी अड्डाहरूमा आक्रमण गर्ने धम्की दिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार