मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

कालोमोसो

अध्यक्ष पहरीलाई कालोमोसो, नेकपा बहुमतका पोलिटब्यूरो सदस्य सुजन पक्राउ 

अध्यक्ष पहरीलाई कालोमोसो, नेकपा बहुमतका पोलिटब्यूरो सदस्य सुजन पक्राउ 

पोलिटब्यूरो सदस्य सुजनको योजनामा नै पहरीलाई कालोमोसो दलिएको आरोप लागउँदै कास्की प्रहरीले उनलाई पक्राउ गरेको

शनिबार, असार २८ २०८२
शनिबार, असार २८ २०८२
  • काठमाडौं । नेकपा (बहुमत) का पोलिटब्यूरो सदस्य तथा युवा संगठन नेपालका फ्याक्सन इन्चार्ज सुजन वि.क. लाई प्रहरीले पक्राउ गरेको छ । 

    पोखराको छोरेपाटन माविका व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहरीलाई कालोमोसो दलेको आरोपमा कास्की प्रहरीले इन्चार्ज वि.क.लाई पक्राउ गरेको हो । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) ले केही दिन अघि छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष पहरीलाई कालोमोसो दलेको थियो । 

    पोखराको चर्चित पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स) को विद्यालय स्वामित्वमा रहेको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएर मिलेमतोमा लुटतन्त्र मच्चाएको आरोपमा अखिल क्रान्तिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहरीलाई छोरेपाटन बजारमै विद्यार्थीले कालोमोसो दलेका थिए । 

    पहरीलाई कालोमोसो दलेपछि अखिल क्रान्तिकारी गण्डकी प्रदेश समिति संयोजक राजन साउदले एक विज्ञप्ति जारी गरेर जिम्मा लिँदै अध्यक्ष प्रहरीले राजीनामा दिनुपर्ने र उनलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । 

    विद्यालयको सार्वजनिक सम्पत्ति रहेको पातले छाँगो विगत ४८ वर्षदेखि छोरेपाटन माविले संरक्षण र भोगचलन गर्दै आएको थियो । तर, हालै उक्त जग्गा निजी कम्पनीलाई ठेक्कामा दिइएपछि विद्यार्थीको भविष्यसँग जोडिएको आयश्रोत गुम्ने खतरा देखिएको भन्दै विद्यार्थी संगठनहरू विरोधमा उत्रिएका हुन् ।

    “विद्यालयको नाममा हुने भ्रष्टाचार, निजीकरण र माफियातन्त्रविरुद्ध जनकारबाही आवश्यक बनेको छ। जनताको सम्पत्तिमा दाबी गर्ने तर निजी कम्पनीसँग साँठगाँठ गर्नेहरूलाई अब सजायको दिन सुरु भएको छ,” अखिल क्रात्किारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

    अखिल क्रात्किारीले सम्झौता प्रक्रियामा संलग्न प्रधानाध्यापक डिल्लीराम शर्मालाई समेत तत्काल राजीनामा दिन आग्रह गर्दै, बेवास्ता गरे थप कारबाहीको चेतावनी पनि दिएको थियो । 

    पोलिटब्यूरो सदस्य सुजनको योजनामा नै पहरीलाई कालोमोसो दलिएको आरोप लागउँदै कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । कास्की प्रहरीका अनुसार सुजनमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भैरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार