काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४५ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ।
सभाको आइतबार बसेको सत्रौँ नगरसभाको पहिलो बैठकमा उपमेयर सुनिता डंगोलले उक्त बजेट पेश गरेकी हुन्। पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ र तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख ११ हजार प्रस्ताव गरिन्।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
प्रमुख डंगोलले बजेट ल्याउनु अघि महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
व्यवस्था अनुसार स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने भएपनि काठमाडौं महानगरपालिकाको आन्तरिक विवादका कारण बजेटमा ढिलाई भएको हो।
बजेट प्रस्तुत गर्ने समयमा बजेट ल्याउन ढिलाई भएका कारण महानगरपालिकाकी प्रमुख डंगोलले माफी समेत मागेकी थिइन्।
