शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

प्रधानमन्त्री राहत कोष

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब मौज्दात 

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब मौज्दात 

बुधबार, भदौ २४ २०८३
बुधबार, भदौ २४ २०८३
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    ​कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ। 

    ​प्रधानमन्त्री कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। 

    बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा जम्मा भएको हो।

    भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले ठूलो मात्रामा मानवीय तथा भौतिक क्षती गरेको छ ।  

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार