सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोज कुमार केसीलाई आईजीपीमा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रीपरिषदको बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र अतिरिक्त महानिरिक्षक (एआईजी) केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
यो सँगै केसी नेपाल प्रहरीको ३४ औं आईजीपी बनेका छन् ।
