मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अवैध सुन प्रकरण

एक किलो बढी सुन र १ करोड ४३ लाख रुपैयाँ सहित काठमाडौंबाट ७ जना पक्राउ 

एक किलो बढी सुन र १ करोड ४३ लाख रुपैयाँ सहित काठमाडौंबाट ७ जना पक्राउ 

एक किलोभन्दा बढी सुन र एक करोड ४३ लाख रुपैयाँ सहित काठमाडौंबाट ७ जना पक्राउ

शुक्रबार, वैशाख १४ २०८१
शुक्रबार, वैशाख १४ २०८१
  • काठमाडौं । एक किलोभन्दा बढी सुन र एक करोड ४३ लाख रुपैयाँ सहित काठमाडौंबाट ७ जना पक्राउ परेका छन् । 

    विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका– २४ छुदेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ सहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

    पक्राउ पर्नेमा दार्चुला टाटेका गणेशदत्त बडु, आयुष बडु, भारत महाराष्ट्रका ऋषिकेशप्रकाश विभुते, अमोल विभुते र गणेश सतिश बाल्टे साथै झापा बिर्तामोडका दिनेश खरेल, बिर्तामोडकै भरतराज खरेल छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार