मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एससीओ शिखर सम्मेलन

चिनियाँ राष्ट्रपति सी जिनपिङद्धारा ‘जीजीआई’ अवधारणाको घोषणा 

चिनियाँ राष्ट्रपति सी जिनपिङद्धारा ‘जीजीआई’ अवधारणाको घोषणा 

विश्वव्यापी शासन नयाँ चौबाटोमा आएको छ राष्ट्रपति सीको भनाई

सोमबार, भदौ १६ २०८२
सोमबार, भदौ १६ २०८२
  • काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जीजीआई) को घोषणा गरेका छन् ।

    सोमबार तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठकमा राष्ट्रपति सीले ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ (जीजीआई) को घोषणा गरेका हुन् ।  जसले देशहरूलाई अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणालीको लागि एकसाथ काम गर्न आह्वान गर्दछ। 

    “म ग्लोबल गभर्नेन्स इनिसिएटिभ प्रस्ताव गर्न चाहन्छु । जुन आज यहाँ प्रस्तुत गरिएको छ । ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभका मेरा अघिल्ला प्रस्तावहरू पछि म सबै देशहरूसँग मिलेर अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणालीको लागि काम गर्न र मानवताको लागि साझा भविष्य भएको समुदायतर्फ अगाडि बढ्न तत्पर छु,” बैठकलाई सम्बोधन गर्दै सीले भने।

    540836958_1219923620165214_4762122365653298592_n.jpg

    सीले उनले ‘जीजीआई’ का लागि पाँच सिद्धान्तहरू अगाडी सरेका छन् । जसमा पहिलो, सार्वभौम समानताको पालना गर्ने, दोस्रो अन्तर्राष्ट्रिय कानूनको शासनको पालना गर्ने, तेस्रो बहुपक्षीयताको अभ्यास गर्ने, चौथों जनता–केन्द्रित दृष्टिकोणको वकालत गर्ने पाँचौंमा वास्तविक कार्यहरू गर्ने कुरामा ध्यान केन्द्रित गर्ने समावेश रहेका छन् । 

    शान्ति, विकास, सहयोग र पारस्परिक लाभको ऐतिहासिक प्रवृत्ति अपरिवर्तित रहे पनि, शीतयुद्धको मानसिकता, आधिपत्यवाद र संरक्षणवादले विश्वलाई सताइरहने गरेको सीले बताए। उनले थपे, “नयाँ खतरा र चुनौतीहरू बढ्दै गएका छन् । विश्वले आफूलाई अशान्ति र रूपान्तरणको नयाँ अवधिमा पाएको छ।”

    विश्वव्यापी शासन नयाँ चौबाटोमा आएको छ राष्ट्रपति सीको भनाई रहेको छ । 

    यो वर्ष विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औं वार्षिकोत्सव र संयुक्त राष्ट्र संघ (यूएन) को ८० औं स्थापना वार्षिकोत्सव हो। सीले संयुक्त राष्ट्र संघको हैसियत र अधिकारको दृढतापूर्वक रक्षा गर्न र विश्वव्यापी शासनमा यसको अपूरणीय र प्रमुख भूमिका सुनिश्चित गर्न जोड दिए।

    8443260_1756727880002_a.jpg.webp

    “आकार, शक्ति र धनको पर्वाह नगरी सबै देशहरू विश्वव्यापी शासनमा समान सहभागी, निर्णयकर्ता र लाभार्थी हुन्। कुनै पनि दोहोरो मापदण्ड हुनुहुँदैन । केही देशहरूको घर नियमहरू अरूमाथि लाद्नु हुँदैन,” सीले भने।

    एससीओले नेतृत्वदायी भूमिका खेल्न,  ‘जीजीआई’ कार्यान्वयनमा उदाहरण स्थापित गर्न अगाडि बढ्नु पर्ने र यो अस्थिर संसारमा स्थिरताको लागि एक शक्ति बन्नु पर्ने उनले बताए । 

    एससीओले तियानजिनमा आफ्नो २४ वर्षको इतिहासको सबैभन्दा ठूलो शिखर सम्मेलन आयोजना गरेको थियो । जसमा २० भन्दा बढी देशका नेताहरू र १० अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू उपस्थित थिए।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार