मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

कविता

 सहिदको सन्देश

 सहिदको सन्देश

...... बस चिन्ता छ मलाई कालो दाग लाग्यो कि कतै भनेर , तिम्रो टाउकोमा बाधिँएको त्यो रातो फेटामा ! प्रीय कमरेड

बिहीबार , असोज १६ २०८२
बिहीबार , असोज १६ २०८२
  • प्यारा कामरेडहरू
    तिमी भोकै रहेका छौं भने
    तिमीलाई खान पुगेको छैन भने
    तिमी नाङ्गौ रहेका छौं भने
    यदि तिमिलाई बाँच्न गारो भएको छ भने
    हाम्रो इज्जत जानेछ कमरेड

    कमरेड आउ आउ तिमी
    रोल्पा र रुकुम तिर
    कतै सिस्ने हिमालको काखतिर
    रम्बापुर ब्यारेक छेउ तिर
    खारातिर, पिलितिर यतै यतै
    गाडिएका छौै हामी
    उधिन हाम्रा चिहानहरू
    र निकल हाम्रा कंकाल
    कमरेड बेच ती हाम्रा कंकालहरू
    र तिमी तिम्रा आवश्यकता पूरा गर कमरेड

    हाम्रा  खप्पर बेच कमरेड
    नबेच सालकहरू
    बाँच्नका लागी नबेच रुखहरू
    नमास वातावरणलाई
    व्यापार नगर मार्क्सवादको 
    गुलामी नगर मासु, भातको
    तिमीले त रक्षा गर्नु छ प्रकृतिको
    त्यसैले बेच हाम्रा कंकालहरू

    तिम्रो आदेशमा कमरेड !
    हामीले हाम्रा खुशी सुम्पियौँ
    तिम्रो आदेशमा हामीले परिवारको त्याग गर्‍यौं
    जन्मिएका घरहरू छाड्यौँ
    तिम्रो आदेशमा छड्यौँ
    श्रीमतिका बिस्तरा पनि छड्यौँ
    काखमा सुतेका छोराछोरी छड्यौँ

    प्रिय कमरेड 
    त्यतिले नपुगेर
    तिम्रो काशनमा
    हामीले हाम्रो जीवन कुर्वानी गर्‍यौं
    सधैं तिम्रो आदेशको पालना गर्‍यौं
    तर आज हाम्रो फरक मत छ कमरेड
    आज बेच हाम्रा कंकालहरू

    केही भन्छु है त कमरेड
    हाम्रो तिमीलाई एउटा अनुरोध छ
    पूँजीजीवीले तिम्रो विरुद्ध बोलेको मन पर्दैन
    तिम्रो बेईजेत गरेको मन पर्दैन कमरेड
    अरुले तिम्रो अपमान गरेको  सहन हुँदैन कमरेड
    तिमी अरु चिज नबेच कमरेड
    त्यसैले तिमी गुपचुप हाम्रा कंकालहरू बेच !!

    कुनै गुनासो छैन तिमीसँग
    जे गर्‍यौ त्यसका लागि कुनै प्रश्नै छैन
    हाम्रा लालाबालाका आँसु पुछेनौं भन्ने गुनासो छैन
    गुनासो छैन तिमी सँग
    टुहुरा हाम्रा छोराछिरीसँग तिमी बसेनौं भन्ने
    रिस छैन तिमिले सुमार्गिसंग साठगाँठ गर्‍यौ भन्ने
    कुनै गुनासो छैन तिमीसँग
    तिमीले आमाका आँसु पुछेनौं भन्ने
    घाईतेको व्यवस्था गरेनौ भन्ने
    कुनै गुनासो छैन कमरेड 
    बस चिन्ता छ मलाई
    कालो दाग लाग्यो कि कतै भनेर
    तिम्रो टाउकोमा बाधिँएको त्यो रातो फेटामा !

    प्रीय कमरेड
    आत्सम्मान गुम्ने गरि
    देशै पराधिन हुने गरि
    नलेउ कसैको अनुकम्पा
    नभुल MCC को गुलियो चिनिमा
    चाहियो भने तिमीलाई
    हाम्रा कंकालहरू बेच कमरेड !!

     

    रचनाकार : उषाकिरण आजाद अखिल (क्रान्तिकारी) का महासचिव हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार