काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् ।
आइतबार सम्पादकहरुसँग कुरा गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ओलीले कुनै पनि बयानमा आफूलाई धोका दिने काम नगर्ने दाबी गरे ।
उनले भने, “केपी ओली सोझो छ भन्दैमा आयोगहरु जस जसले जहाँ बनाउँदै हिड्छ । जसले साध्दै हिड्छ, त्यहाँ–त्यहााँ गएर लुरुलुरु बयान दिने काम हो ? त्यस्ता काम केपी ओलीले गर्दैन् ।”
