मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

केपी ओलीको सुरक्षा दस्ताका कमाण्डर शेर्पा पक्राउ

केपी ओलीको सुरक्षा दस्ताका कमाण्डर शेर्पा पक्राउ

उनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका थिए

मंगलबार, कात्तिक १९ २०८२
मंगलबार, कात्तिक १९ २०८२
  • काठमाडौं । नेकपा (एमाले) का नेता पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाह मुद्धामा उनलाई धुम्बाराहीबाट प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले पासाङ पक्राउ परेको पुष्टि गरे । एमाले जनसंगठन जनजाती महासंघका अध्यक्ष रहेका उनीविरुद्धको बहुविवाह मुद्धामा उच्च अदालत पाटनले गत वर्ष दोषी ठहर गरेको थियो । 

    पासाङकी श्रीमती करिश्मा खरेलले जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेकी थिइन् । अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएकोमा त्यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए । 

    उच्चले पनि जिल्लाको आदेश सदर गरे पनि राजनीतिक संरक्षणमा उम्किदै आउका उनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार