मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

वारेन्ट

इजरायलका प्रधानमन्त्री नेतान्याहु विरुद्ध टर्कीद्धारा वारेन्ट जारी 

इजरायलका प्रधानमन्त्री नेतान्याहु विरुद्ध टर्कीद्धारा वारेन्ट जारी 

यता इजरायलले भने टर्कीले जारी गरेको उक्त वारेन्टप्रति आपत्ति जनाउँदै अस्वीकार गरेको

शनिबार, कात्तिक २३ २०८२
शनिबार, कात्तिक २३ २०८२
  • काठमाडौं । टर्कीले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र दर्जनौं अन्य इजरायली अधिकारीहरुलाई नरसंहार मच्चाएको आरोपमा वारेन्ट जारी गरेको छ । 

    इस्तानबुलका प्रमुख सार्वजनिक अभियोजकको कार्यालयले ३७ जना विरुद्ध वारेन्ट जारी गरेको बताएको छ। नेतान्याहूसहित वारेन्ट जारी हुनेहरुमा इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सैन्य प्रमुख इयाल जामिर लगायतका व्यक्तिहरू रहेका छन् । 

    अभियोजकको कार्यालयका अनुसार वारेन्टहरूले इजरायली अधिकारीहरूलाई गाजामा र एन्क्लेभमा सहायता बोकेको फ्लोटिला विरुद्ध ‘मानवता विरुद्धको अपराध’ र ‘नरसंहार’ गरेको आरोप लगाइएको छ।

    यता इजरायलले भने टर्कीले जारी गरेको उक्त वारेन्टप्रति आपत्ति जनाउँदै अस्वीकार गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार