मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ पर्ने पाँचै जना महिलाहरु प्युठानको सरुमारानी गाउँपालिका– ४ का हुन् ।

कर्तव्य ज्यान मुद्दाका पाँच जना महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका पाँच जना महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

पक्राउ पर्नेहरु पाँचै जना प्युठानको सरुमारानी गाउँपालिका– ४ का महिलाहरु हुन् ।

शनिबार, वैशाख १५ २०८१
शनिबार, वैशाख १५ २०८१
  • प्युठान । कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका– ४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् ।

    सरूमारानी गाउँपालिका– ४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा २०६३ असोज ९ गते हुमी कुमारी देवी सारू, दिलिसरा देवी सोमै र हिमी कुमारी राना समेतले कुटपिट गर्दा गम्भीर घाइते भएकी हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

    जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न अभियुक्तमध्ये हिमी कुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार उनीहरूलाई फैसला कार्यान्वयको लागि जिल्ला अदालत प्युठानमा पेश गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार