काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दलहरुको एकता प्रक्रियामा असहमति जनाएका विघटित एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री र किसान श्रेष्ठसहितका नेताहरु नेकपा (एमाले) मै समाहित भएका छन् ।
काठमाडौंस्थित राष्ट्रिय सभागृह हलमा सोमबार नेकपा (एमाले) ले आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभा अन्तर्गत झाक्री र श्रेष्ठसहित नेताहरु एमालेमा नै समाहित भएका हुन् ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई खादा ओडाउँदै झण्डा दिएर पार्टीमा स्वागत गरे भने उनीहरुले सांकेतिक रुपमा कलम फिर्ता गरेका थिए । कलम नेकपा (एकीकृत समाजवादी) को चुनाव चिन्ह थियो ।
