मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

ब्राजिल

ब्राजिलका पूर्वराष्ट्रपति बाल्सोनारो पक्राउ 

ब्राजिलका पूर्वराष्ट्रपति बाल्सोनारो पक्राउ 

उनीमाथि २०२२ को चुनाव हारेपछि कू गर्ने प्रयास गरेको आरोपमा अदालतले २७ वर्षको जेल सजाय सुनाएको

शनिबार, मंसिर ७ २०८२
शनिबार, मंसिर ७ २०८२
  • काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो पक्राउ परेका छन् । 
     
    शनिबार ब्राजिलको राजधानीस्थित उनको निवासबाटै बोल्सानारोलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीमाथि २०२२ को चुनाव हारेपछि कू गर्ने प्रयास गरेको आरोपमा अदालतले २७ वर्षको जेल सजाय सुनाएको थियो ।  

    अदालतको उक्त फैसला कार्यान्वयनको लागि बोल्सोनारोलाई पक्राउ गरिएको बताइएको छ । ब्राजिलिन संघीय प्रहरीले बोल्सोनारोलाई पक्राउ गर्न अदालत समक्ष पक्राउ पुर्जी जारीको लागि अनुमति माग गरेको र अदालतले पनि उनलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

    बोल्सोनारोका जेठा छोरा सिनेटर फ्लाभियो बोल्सोनारोले पूर्वराष्ट्रपति बस्ने आवासीय भवनहरूको परिसर अगाडि जागरण कार्यक्रम गरेपछि उनलाई पक्राउ गरिएको हो । यस अघि सर्वाेच्च अदालतले बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार