मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अमेरिका–भेनेजुएला तनाव

 मादुरोमाथि न्यूयोर्कमा लागूऔषध र हात हतियारविरुद्धको अभियोग लगाउने अमेरिकाको तयारी 

 मादुरोमाथि न्यूयोर्कमा लागूऔषध र हात हतियारविरुद्धको अभियोग लगाउने अमेरिकाको तयारी 

मादुरोको पत्नी सिलियालाई के ओरोप लगाइएको छ भन्ने बारे भने खुलाएको छैन्

शनिबार, पुस १९ २०८२
शनिबार, पुस १९ २०८२
  • काठमाडौं । अमेरिकाले कब्जा गरेको दाबी गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि अमेरिकाले न्यूयोर्कमा लागूऔषध र हतियारको आरोपमा अभियोग लगाउने तयारी गरेको छ । 

    अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको दक्षिणी जिल्लामा अभियोग लगाइएको बताएका छन् । 

    पाम बोन्डीले मादुरोलाई आतंकावाद षड्यन्त्र, कोकेन आयात षड्यन्त्र, मेशिनगन र विनाशकारी उपकरणहरू राख्ने, र संयुक्त राज्य अमेरिका विरुद्ध मेशिनगन र विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र गरेको आरोप लगाइएको बताइन् ।

    अमेरिकाले मादुरोको पत्नी सिलियालाई के ओरोप लगाइएको छ भन्ने बारे भने खुलाएको छैन् । अमेरिकाले आज भेनेजुएलाको राजधानी कारकासमा शृङ्खलाबद्ध रुपमा आक्रमण गरेको थियो । आक्रमण पश्चात् अमेरिकी डेल्टा सेनाले मादुरो दम्पत्तीलाई कब्जा गरी देश बाहिर ल्याएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका थिए । 

    ट्रम्पको दाबी पश्चात् भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले एक वक्तव्य जारी गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीको अवस्था अज्ञात रहेको भन्दै मादुरो र उनकी पत्नी जीवित रहेको प्रमाण माग समेत गरेकी थिइन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार