काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यकारी राष्ट्रपतिमा नियुक्त भएकी छिन् ।
राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले अपहरण गरेर न्युर्याेक पुर्याएपछि भेनेजुएलाको सर्वाेच्च अदालतले उपराष्ट्रपति डेल्सीलाई कार्यकारी राष्ट्रपति तोकेको हो । अदालतले यो आदेशसँगै मदुरोको अनुपस्थितिमा डेल्सीले सरकार सञ्चालन गर्ने भएकी छिन् ।
अमेरिकी सेनाले शनिबार मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अपहरण गरेर गरेको थियो । हाल उनीहरुलाई अमेरिकाको न्युर्याेकस्थित ब्रुकलिन हिरासतमा राखिएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हिजो साँझ पत्रकार सम्मेलन गरेर यस आक्रमणपछि शान्ति कायम नहुन्जेल भेनेजुएलाको शासन सत्ता अमेरिकाले नै चालाउने दाबी गरेका थिए ।
