मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

लोक सेवा आयोग

निर्वाचनका कारण उपसचिव तहको परीक्षा स्थगित 

निर्वाचनका कारण उपसचिव तहको परीक्षा स्थगित 

आयोगका अनुसार फागुन २१ गतेदेखि प्रतिनिधि सभाको निर्वाचन हुने भएपछि निर्वाचन आयोगले परीक्षा स्थगित गर्न पत्राचार गरेको

बिहीबार , पुस २४ २०८२
बिहीबार , पुस २४ २०८२
  • काठमाडौं । उपसचिव तहको परीक्षा स्थगित भएको छ । 

    लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै उपसिचव तहको परीक्षा स्थगित गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार असोज २९ गते प्रकाशित विज्ञापन नम्बर १६६६४/१६६९१ र ०८२/८३ (आ.प्र.रखुल्लारसमावेशी) न्याय, प्रशासन, लेखपरीक्षण र संघीय संसद सेवा, राप द्धितीय श्रेणी उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा स्थगित गरिएको हो । 

    उपसचिवको परीक्षा माघ १० गतेदेखि १८ गतेसम्म हुने कार्यतालिका थियो । तर, निर्वाचनका कारण उक्त परीक्षा नै स्थगित गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार फागुन २१ गतेदेखि प्रतिनिधि सभाको निर्वाचन हुने भएपछि निर्वाचन आयोगले परीक्षा स्थगित गर्न पत्राचार गरेको थियो । 

    सोही पत्राचार अनुसार आयोगले परीक्षा स्थगित गरेको हो । आयोगले परीक्षाको अर्काे वा नयाँ मिति भने तोकेको छैन् । 

    611249935_1425599418930042_6674377840620048264_n.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार