काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाही गर्ने तयारी गरेको छ ।
प्रदेशसभा सदस्य शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रि पार्टीमा सक्रिय भएपछि उनलाई सांसद पटबाट हटाउने गरी नेकपाले तयारी थालेको हो । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले संयुक्त रुपमा शर्मालाई स्पष्टीकरण सोधेका छन् ।
माघ २२ गते २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइएकोमा शर्माले हालसम्म स्पष्टीकरण नपठाइएको बताइएको छ । शर्मालाई पार्टी सदस्यबाट निष्कासन र संसदीय दलको दलका सदस्यबाट किन नहटाउने ? भनि स्ष्टीकरण सोधिएको छ ।
शर्मा गएको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट रुकुम पश्चिमबाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
