काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ ।
अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणमा उनी मारिएका हुन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनेई मारिएको दाबी गरेका थिए ।
इरानी मिडियाका अनुसार खामेनीका छोरी, ज्वाइँ र नाति समेत उक्त आक्रमणमा मारिएको दाबी गरेको छ। इरानले खामेनीको निधनको शोकमा ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको बताइएको छ।
इरानको सेना ‘इस्लामिक रिभोलुसनरी गार्ड’ निकट समाचार संस्था दी फार्स एजेन्सीले ले ४० दिनको शोक तथा ७ दिन सार्वजनिक बिदा घोषणा गरिएको जनाएको छ।
यस घटनाले मध्यपूर्व क्षेत्रमा थप तनाव सिर्जना गर्ने आकलन गरिएको छ।
