मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

प्रतिनिधि सभा

उपसभामुखमा रुबी कुमारी निर्वाचित 

उपसभामुखमा रुबी कुमारी निर्वाचित 

शुक्रबार, चैत २७ २०८२
शुक्रबार, चैत २७ २०८२
  • काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवार रुबी कुमारी ठाकुर निर्वाचित भएकी छिन् । 

    आज बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुखको लागि भएको निर्वाचनमा राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै रुबी निर्वाचित भएकी हुन् ।  उपस्थित २५६ सांसद मध्ये ठाकुरले २२९ मत प्राप्त गरिन् । 

    उनकी निकटमत प्रतिस्पर्धी राप्रपाकी सरस्वती लामा ५ मत प्राप्त गरिन् ।  तटस्थमा २२ मत परेको थियो । एमालेले तटस्थमा बस्ने निर्णय गरेको थियो । 
     
    रुबीलाई श्रम संस्कृतिसँगै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा लगायतका दलहरुले समर्थन गरेका थिए । यो सँगै रुबी सबैभन्दा कम उम्मेरमा उपसभामुख बनेकी छिन् । उनी संसदकै कान्छी सदस्य पनि हुन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार