काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले घाटी निमोठ्न खोजे सरकारै जरो उखेल्दिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले एक कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड यूनियन खारेज गर्ने विषय सार्वजनिक गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
संयुक्त विद्यार्थीहरुले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमलाई समर्थन गर्दै महासचिव विप्लवले सकारलाई यस्तो चेतावनी दिएका छन् । विद्यार्थी संगठन खारेज गर्ने सरकारको उक्त सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको भन्दै उनले विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक भएको उल्लेख गरेका छन् ।
नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको महासचिव विप्लवको भनाई रहेको छ । उनल लेखेका छन्, “जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएकाछन् तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ।”
