मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ

स्रोत नखुलेको रकमसहित चन्द्रागिरिबाट एक जना युवक पक्राउ

स्रोत नखुलेको रकमसहित चन्द्रागिरिबाट एक जना युवक पक्राउ

पक्राउ पर्नेमा रूपन्देहीका रिसब श्रेष्ठ

आइतबार, चैत १८ २०८०
आइतबार, चैत १८ २०८०
  • काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको रकम सहित एक जना युवक प्रकाउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठ रहेका छन् ।

    उनलाई शनिबार बिहान प्रहरीले नगद १८ लाख ५० हजार रूपैयासहित पकाउ गरेको हो ।

    प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.२ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनलाई उक्त नगदगहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पुर्‍याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात न्यौपानेलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान  भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार