मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

कांग्रेस कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनित 

कांग्रेस कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनित 

कांग्रेस सभापति शेरबहादुर देउवाले लेखकलाई कार्यसम्पाद समिति सदस्यमा मनोनित गरेका

बिहीबार , जेठ १० २०८१
बिहीबार , जेठ १० २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कांग्रेस प्रमुख सचेतक रमेश लेख कार्यसम्पाद समिति सदस्यमा मनोनित भएका छन् । 

    कांग्रेस सभापति शेरबहादुर देउवाले लेखकलाई कार्यसम्पाद समिति सदस्यमा मनोनित गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए । उनका अनुसार सभापति देउवाले लेखकलाई कार्यसम्पाद समिति सदस्यमा मनोनित गरेकोमा बुधवार सानेपामा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन समेत गरेको छ । 

    विधान अनुसार सभापतिले केन्द्रीय समितिका सदस्यहरुमध्येबाट समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनित गर्न पाउने व्यवस्था रहेको छ । 

    कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता पदेन सदस्य रहन्छन् । कार्यसम्पादन समिति बैठक महिनामा एक पटक बस्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार