काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन प्रतिलोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बिहिवार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलानामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
हिजो सुन हालसम्मकै उच्च मुल्यमा कारोबार भएको थियो । आज सुनले उक्त मूल्यमा नयाँ रेकर्ड बनाएको हो ।
