काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
आइतबार पनि छापावाला र तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
सोमबार चाँदी प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
