काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेसँगै सुनको मुल्य हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार ४ रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ ।
त्यस्तै शुक्रबार एक लाख एक लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
