काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापालावा सुन आज पनि प्रतितोला एक लाख ४४ हजार १ सय रुपैयाँमै कारोबार भैरहेको छ ।
मंगलबार प्रतितोला एक लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा किनबेच भैरहेको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधवार चाँदी प्रतितोला १ हजार ८७० रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ ।
