मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनको मूल्य हालसम्मकै उच्च 

सुनको मूल्य हालसम्मकै उच्च 

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ । 

शुक्रबार, असार २९ २०८१
शुक्रबार, असार २९ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला १८ सयले वृद्धि भएसँगै सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार प्रतितोला एक लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापालावा सुन आज प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँमै कारोबार भैरहेको छ । 

    बिहिवार प्रतितोला एक लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज एक लाख ४६ हजार मूल्यमा किनबेच भैरहेको छ । यस अघि असार २३ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार