मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनको मूल्यले बनायो रेकर्ड 

सुनको मूल्यले बनायो रेकर्ड 

यस अघि शुक्रबार  सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

सोमबार, असार ३२ २०८१
सोमबार, असार ३२ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बृद्धि भएसँगै सुनको मूल्य हालसम्मकै उच्च भएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापालावा सुन आज प्रतितोला एक लाख ४६ हजार ९ सय रुपैयाँमै कारोबार भैरहेको छ । 

    आइतबार प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन आज एक लाख ४६ हजार २ सय मूल्यमा किनबेच भैरहेको छ । यस अघि शुक्रबार  सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार