काठमाडौं । वरिष्ठ लोक गायत तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ ।
झापाको बिर्तामोड निवासी लोक गायक जोशीको ८८ वर्षको उमेरमा बिहिवार निधन भएको हो । बिहिवार साँझा खाना खाएपछि उनी एक्कासी बेहोस भएका थिए । दमकस्थित घरबाट अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जोशी लामो समयदेखि मधुमेहका बिरामी थिए । उनको ‘रिटिङ रिटिङ नबजाउ बियानो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ लगायतका गीत निकै चर्चित छन् ।
