काठमाडौं । नेपाली संगीत क्षेत्रका चर्चित एवम् शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएको छ ।
कामतको आज बिहान सिराहास्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि मिर्गाैला रोगको कारण ग्रसित रहेका थिए ।
नेपाली सङ्गीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रुपमा परिचित उनको निधनले नेपाली संगीत जगत दुःखी बनेको छ ।
साधक गुरुदेव नेपालमा मात्र नभई भारतसहित अन्तर्राष्ट्रिय जगतमा परिचित थिए ।
