एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।
आरक्षण सम्बन्धी विवादका कारण गत जुलाई १५ भएको निरन्तर प्रदर्शन पश्चात् ३०० भन्दा बढी जनाको मृत्यु भएपछि प्रधानमन्त्री हसिनाले आज पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राजीनामा दिएकी हसिनाले देश छाडेकी छन् । हेलिकप्टरमार्फत हसिनाले भारतमा शरण लिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनका क्रममा हजारौं नागरिकहरु प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी सुरक्षीत स्थानतर्फ सरेकी थिइन् ।
तनाबका कारण बंगलादेशमा दिनभर इन्टरनेट सेवा समेत अबरुद्ध भएको जनाइएको छ ।
