मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बढुवा सिफारिस 

डीआईजी जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस 

डीआईजी जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस 

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भीम प्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । 

बागीपाेस्ट संवाददाता
मंगलबार, वैशाख ४ २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भीम प्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । 

नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवाका लागि गृह मन्त्रालयले सिफारिस गरेको हो । ५६ वर्षे उमेर हदका कारण प्रहरी महानिरीक्षकद्धय मिरा चौधरी र सन्दीप भण्डारी अनिवार्य अवकाशमा जाँदैछन् । 

भण्डारी वैशाख ५ गते र चौधरी वैशाख ७ गते अवकाशमा जाँदेछन् । रिक्त भएका दुई पदमा जोशी र ढकाल बढुवाका लागि सिफारिसमा परेका हुन् । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं र ढकाल नेपाल प्रहरी प्रधान कार्यालयप प्रहरी महानिरीक्षकको सचिवालय नक्साल काठमाडौंमा कार्यरत छन् । 

Notice-1-1.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार