मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

माओवादी केन्द्र र नेसपाको यादव पक्षबीच पार्टी एकता गर्न मोडालिटी तयार गर्ने निर्णय 

माओवादी केन्द्र र नेसपाको यादव पक्षबीच पार्टी एकता गर्न मोडालिटी तयार गर्ने निर्णय 

वैचारिक एक रुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवै तर्फ एकता प्रक्रियालाई अगाडी बढाउन आवश्यक मोडालिटी तयार गर्ने निर्णय गरेको हो ।

बागीपाेस्ट संवाददाता
मंगलबार, वैशाख ४ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महेन्द्र राय यादव पक्षबीच पार्टी एकता गर्न मोडालिटी तयार गर्ने निर्णय भएको छ । 

वैचारिक एक रुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवै तर्फ एकता प्रक्रियालाई अगाडी बढाउन आवश्यक मोडालिटी तयार गर्ने निर्णय गरेको हो । बैठकमा पार्टी एकताको लागि दुवै तर्फको संगठनात्मक स्थितिबारे एक आपसमा जानकारी गराउने काम पनि भएको बताइएको छ । 

मंगलबारको बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदलका सदस्यहरु महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा र नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी भएका थिए । 

गत चैत्र ३ गते माओवादी केन्द्र र नेसपाको यादव पक्षबीच पार्टी एकता गर्ने सहमति भएको थियो । सोही दिन एकता प्रक्रियालाई टुंग्याउन कार्यदल गठन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार