काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
